चैनपुर नगरपालिकाको संक्षिप्त परिचय

    संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवश्थित पिलुवा उत्तर , हेवाखोला दक्षिण, सभाखोला तथा अरुण पुर्ब तथा जलजले हिमाल पश्चिमको भुुभागमा अवश्थित चैनपुुर नगरपालिका एक सुुन्दर र रमणीय स्थलले भरिपुर्ण मनोरम प्राकृतिक तथा जैबिक बिभिधताले भरिपुर्ण रहेको  नगरपालिका हो ।

 नेपाल सरकारको मिति २०७१ बैशाख २५ को निर्णयानुसार सावीकका  खराङ, वानेश्वर,चैनपुर,सिद्धकाली र सिद्धपोखरी गा.वि.स.हरु सम्मीलन भई स्थापना भएको यस चैनपुर नगरपालिकाको जम्मा क्षेत्रफल १७१.८० बर्ग कि.मी. रहेको छ । समुद्र सतहबाट खराङ्गको १९८ मीटर सातटारे देखि सिद्धपोखरी गा.बि.स.को माथिल्लो भाग देउरालीडाँडा ३६०० मीटर सम्मको उचाईमा रहेको यस नगरपालिका उष्ण प्रदेशीय देखि लिएर सितोष्ण प्रदेशीय सम्मको जलवायु रहेको छ । हावापानीको बिबिधता संगै यस क्षेत्रमा जैबिक तथा पर्यावरणीय बिबिधता पनि रहेको छ । नगरपालिकाको ५६८० घरधुरीमा  २६,८४६ जनसंख्या रहेको छ जसमध्ये पुरुष १२४९६ र महिला १४३५० रहेको छ । यस क्षेत्रको साक्षारता ७७.३२ रहेको जसमा पुरुष साक्षारता ८०.४८ र महिला साक्षारता ७४.१६ रहेको छ । र्राई, लिम्बु, तामाङ्ग, क्षेत्री, बाहुन, नेवार, कामी, दमाई, सार्की, भुजेल, सेर्पा, मगर, र्घर्ती, जोगी आदी बिभिन्न जातजातिका मानिसहरुको बसोबास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिस्चियन आदी धर्मावलम्बीहरु रहेका छन् । दशैं तिहार, बुद्ध जयन्ती, ल्होसार, चण्डी, उधौली उभौली, तिज, बालाचतर्ुदशी, माघे तथा साउने संक्रान्ति, कृष्ण जन्माष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदी पर्वहरु बिशेष रुपमा मनाईने गरिन्छ । 
सतिदेबीको दायाँ आखा पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, बिश्वकै ठुुलो प्राकृतिक सिबलिङ्ग रहेको वालेश्वर गुुफा, भिरेश्वर गुुफा, प्राकृतिक तथा धार्मिक स्थल, बानेश्वर डाँडा तथा बानेश्वर मन्दिर, लगायतको महत्वपर्ुण्ा मठ मन्दिरहरु रहेको छ ।
चैनपुर, पोखरी तथा खराङ्ग महत्वपर्ुण्ा बजारको रुपमा अवश्थित रहेको छ जहाँबाट यस क्षेत्रको ब्यापार ब्यबसायहरु संचिलत रहेको छ । चैनपुर बजार पुर्ुवाञ्चल कै पुुरानो र ऐतिहासिक महत्व बोकेको स्थान मध्ये एक हो । ऐतिहासिक कालमा किरातीहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोला बजार भनिने गरिएको पाईन्छ । नेपाल एकिकरण पश्चात पर्ुर्ुब ६ नं. भनि चिनिने यस ठाउँ पर्ुर्ुबको गढिको रुपमा रहेको छ । नेपाल भोट बिचको अन्तिम युद्ध यसै गढिबाट टिष्टा सम्म पुुगी लर्डाई लडेको इतिहास रहेको पाईन्छ । साथै काठमाण्डौंबाट दुुरी नापी राखिएको कोषे ढुुंगाले पनि यस ठाउँको पुुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको छ । 
यस ठाउँमा बिशेष गरि चैनपुर बजारमा काठमाण्डौ, भक्तपुुर, ललितपुुर, धुुलिखेल, बनेपा, सांगा, नाला आदी स्थानबाट ब्यापारको सिलसिलामा आई नेवारहरुको बसोबास बृद्धि भए संगै बजार क्षेत्रमा सोहि ठाउँको संस्कार र संस्कृतिहरु हृालसम्म जिवन्त रहेको पाउन सकिन्छ । 
कोसी राजमार्गले तर्राई तथा सदरमुकाम खाँदबारी सम्मको ब्यापार ब्यबसाय तथा आवत जावतमा सुुगमता पुुर्‍याउनका साथै यस क्षेत्रको चहल पहल बृद्धि गर्नुको साथै पुर्बाधार बिकासको क्षेत्रमा पनि उल्लेखनीय भुुमिका खेलेको छ । 
चैनपुर नगरपालिकामा जिल्ला अदालत, जिल्ला न्यायाधिवक्ताको कार्यालय, शसस्त्र प्रहरी अरुण गुुल्म, मालपोत कार्यालय, नापी कार्यालय, इलाका प्रशासन कार्यालय, इलाका प्रहरी कार्यालय, कृषि सेवा केन्द्र, पशुुसेवा केन्द्र इलाका हुुलाक कार्यालय, दुर संचार कार्यालय, बिद्युुत प्राधिकरण लागयतका कार्यालयहरु रहेका छन् ।
कार्यक्षेत्रमा ६५% खेतियोग्य जमिन रहेको छ । यहाँ धान, मकै, कोदो, गहुँ, खाद्य बाली र अलैची, उखु, बदाम, कफि, चिया, अदुवा, खुर्सानी, अम्रिसो, सुन्तला, आलु, दाल, बोडी, मास, मस्याम, आँप, दाना -रुद्राक्ष) जस्ता नगदे बाली तथा तरकारी बालीहरु उत्पादन हुन्छन् । त्यसै गरी गाई, भैसि, बंगुर, बाख्रा, भेडा, कुखुरा, जस्ता पशुपंक्षिहरु पालिन्छन् । यहाँको खेती तथा पशुपंक्षि पाल्ने तरिका परम्परागत ढंग बाटै गरिन्छ । 
नगरपालिका क्षेत्र भित्र दर्ता भएका सामुदायिक वन ५४ र दर्ता प्रकृयामा २ गरि जम्मा ५६ वटा सामुदायिक वन, ५ वटा गाउँ महासंघ, १ रेन्ज पोष्ट कार्यालय र १ इलाका वन कार्यालय रहेका छन् । यस क्षेत्रमा सामुदायीक वनले २६८३ हेक्टर जमिन ओगटेको छ ।