FAQs Complain Problems

चैनपुर बजार

Read More

चैनपुरे करुवा

Read More

पोखरी बजार

Read More

नगर प्रमुख कृष्ण कुमार तामाङद्वारा ११ औं आ.व. २०७९/८० को नीति तथा कार्यक्रम प्रसतुत हुँदै ।

Read More

आठौं नगरसभा समापन कार्यक्रम । मिति २०७८/०३/२६

Read More

११ औं नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै ।

Read More

संक्षिप्त परिचय

"चन्द्रपुर"  धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठुलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरको गरिमा हुन् ।

साविकको पाँच गा.वि.स. सिध्दकाली, सिध्दपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ । उष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासंगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ ।

११ वडामा विभाजित २०६८ को राष्ट्रिय जनगणना वमोजिम २८,०७४ जनसंख्या तथा ५,९३९ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् । दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशी माघे तथा साउने सक्रान्ति, कृष्णजन्म अष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरु विशेषरुपमा मनाइने गरिन्छ ।

चैनपुर बजार, १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिका भित्र चैनपुर, पोखरी, तथा खरांग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ।

यहाँका व्यवसायीले बनाएका वस्तुहरु मध्ये धातुको करुवा, चैनपुरको पर्याय बनिसकेको छ। ऐतिहासिक कालमा किराँतहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोलाबजार भनिने गरिएको पाइन्छ | नेपाल एकीकरण पश्चात पूर्व ६नं भनी चिनिने यस स्थानलाई सो वेलामा गोलाबजार भनिने गरिएको पाइन्छ। नेपाल-भोटबीचको अन्तिम युध्द यसै गढीबाट टिस्टासम्म पुगी लडेको इतिहास पाइन्छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोशढुंगाले पनि यस ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको   छ |

जनमत

चैनपुर नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा तपाइलाई कस्तो लागेको छ ?

पदाधिकारी/कर्मचारी

कृष्ण कुमार तामाङ
नगर प्रमुख
9842106730
एलिना श्रेष्ठ
उप– प्रमुख
9842229288
सन्तोष श्रेष्ठ
प्रमुख प्रशासकिय अधिकृत
9852077111
दिपेन्द्र चौलागाई
लेखापाल
9860125632
सुशील खड्का
प्रशासकीय अधिकृत/ गुनासो सुन्‍ने अधिकारी
9843361138
उमेश दाहाल
सूचना प्रविधि अधिकृत
9852051131

सेवाहरु

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

१.सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध विच्छेद अनुसूची फारम

२. पतिपत्नीको नागरिकताको प्रतिलिपि १/१ प्रति

३. कानून बमोजिम सम्वन्ध बिच्छेद भएको प्रमाणको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

१. बसाई सराई गरी आउनेको हकमा सम्बन्धित स्थानीय तहवाट परिवारको बिवरण खुलेको बसाई सराई गरि ल्याएको प्रमाण पत्र

२.घर मुलीको नागरिकता प्रमाण पत्रको प्रतिलिलप

३. बसाई सरी जानेको हकमा परिवारको विवरण सहित  सम्बन्धित वडा कार्यालय बाट बसाई सराईको कागजात

४. जाने/आउने सवै व्यक्तिको नागरिकता/ जन्म दर्ताको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

१‍‍ सुचकले भरी पेश गरेको अनुसूची फारम

२‍. मृतकको नागरिकता प्र‍ पत्रको प्रतिलिपि

३‍ सूरकको नागरिकता प्र‍ पत्रको प्रतिलिपि

४‍‌ न‍. पा. क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराईको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निसुल्क
आवश्यक कागजातहरुः-

१. पति पत्नी दुवै जना उपस्थित भै सयुक्त रुपमा भरी सही छाप गरेको बिबाह दर्ता अनुसूची फारम

२. पति को नगरिकता प्रमाणपत्रप्रतिलिपि अनिबार्य ( पत्नीको सन्दर्भमा बिबाह हुनु अगाबै ना.प्र.प. बनेको भए पेस गर्नु पर्ने )

३. न.पा.क्षेत्र भन्दा बाहिरबाट आएको भए बसाई सराई प्रतिलिपि

सेवा प्रकारः- संघ संस्था
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- सामाजिक बिकास शाखा प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-

१. विधान वा नियमावली, निवेदन र नागरिकताको प्रतिलिपि

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- आर्थिक एन २०७४ अनुशार
आवश्यक कागजातहरुः-

१.निवेदन पत्र

२. अन्य निकायमा व्यवसाय दर्ता गरेको प्रमाण पत्रको प्रतिलिपि

Pages

जानकारी