FAQs Complain Problems

चैनपुर बजार

Read More

चैनपुरे करुवा

Read More

पोखरी बजार

Read More

चैनपुर नगरपाालिका वडा नं. १ स्थित गुफा‍पोखरी

Read More

संक्षिप्त परिचय

"चन्द्रपुर"  धार्मिक, ऐतिहासिक नामबाट अपभ्रंश हुँदै चैनपुर नामाकरण भएको मानिएको, साविक गौंडा तथा सदरमुकाम रहेको, संखुवासभा जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित प्राचीन ऐतिहासिक प्राकृतिक सुन्दरताले भरिपुर्ण, शैक्षिक केन्द्रको रूपमा परिचित यस चैनपुर नगरपालिकाको पूर्वमा ताप्लेजुंग र तेह्रथुम जिल्ला, दक्षिण धर्मदेवी र मादी नगरपालिका, पश्चिममा भोजपुर जिल्ला र खाँदबारी नगरपालिका र उत्तरमा पाँचखपन नगरपालिका पर्दछन् ।

संखुवासभा जिल्लाका नगरपालिकाहरु मध्ये भूगोलका हिसाबमा सबैभन्दा ठुलो २२३ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यस नगरपालिकामा पौराणिक मान्यता अनुसार सतीदेवीको दायाँआखाँ पतन भएको पवित्र स्थलको रुपमा परिचित चैनपुरको सिद्धकाली मन्दिर, विश्वकै ठुलो प्राकृतिक शिवलिंग रहेको वालेश्वर गुफा, प्राकृतिक तथा धार्मिक स्थलहरु, वानेश्वर डाँडा तथा वानेश्वर मन्दिर लगायतको महत्वपुर्ण मठमन्दिरहरु, प्राकृतिक सुन्दरताले भरिपुर्ण गुफापोखरी, भिरेश्वर गुफा, तातोपानी जस्ता प्राकृतिक धार्मिक एवं रमणीय स्थलहरु चैनपुरको गरिमा हुन् ।

साविकको पाँच गा.वि.स. सिध्दकाली, सिध्दपोखरी, चैनपुर, वानेश्वर र खरांग समेटिएर स्थापना भएको यस चैनपुर नगरपालिकामा २०७३ फागुनमा स्थानीय तहको संरचना घोषणा गर्दा नुनढाकी समेत समेटेको छ । उष्ण प्रदेशीयदेखि शितोष्ण प्रदेशसम्मको जलवायु तथा हावापानीको विविधतासंगै यस क्षेत्रमा जैविक तथा पर्यावरणीय विविधतामा धनी रहेको छ ।

११ वडामा विभाजित २०६८ को राष्ट्रिय जनगणना वमोजिम २८,०७४ जनसंख्या तथा ५,९३९ घरधुरीभित्र नेवार, राई, लिम्बु, तामांग, क्षेत्र, ब्राह्मण, कामी, दमाई, सार्की, भुजेल, शेर्पा, मगर, घर्ती, जोगी आदि विभिन्न जातिका मानिसहरुको वसोवास रहेको यस क्षेत्रमा हिन्दु, बौद्ध, किराँत, क्रिश्चियन आदि धर्मावलम्बीहरु रहेका छन् । दशैं, तिहार, बुद्धजयन्ती, ल्होसार, उधौली, उभौली, तीज, बालाचतुर्दशी माघे तथा साउने सक्रान्ति, कृष्णजन्म अष्टमी, गाईजात्रा, हिलेजात्रा, रामनवमी आदि पर्वहरु विशेषरुपमा मनाइने गरिन्छ ।

चैनपुर बजार, १ नं प्रदेश पुरानो र ऐतिहासिक महत्व बोकेको यस नगरपालिका भित्र चैनपुर, पोखरी, तथा खरांग यी तीनवटा स्थानहरू महत्वपूर्ण बजारको रुपमा रहेका छन् जहाँबाट यस क्षेत्रको समग्र व्यापार व्यवसायहरु संचालित छ।

यहाँका व्यवसायीले बनाएका वस्तुहरु मध्ये धातुको करुवा, चैनपुरको पर्याय बनिसकेको छ। ऐतिहासिक कालमा किराँतहरुको शासन रहेको यस स्थानलाई सो बेलामा गोलाबजार भनिने गरिएको पाइन्छ | नेपाल एकीकरण पश्चात पूर्व ६नं भनी चिनिने यस स्थानलाई सो वेलामा गोलाबजार भनिने गरिएको पाइन्छ। नेपाल-भोटबीचको अन्तिम युध्द यसै गढीबाट टिस्टासम्म पुगी लडेको इतिहास पाइन्छ । काठमाडौंबाट दूरी नाप गरी राखिएको कोशढुंगाले पनि यस ठाउँको प्रशासनिक, पुरातात्विक र ऐतिहासिक महत्व उजागर गरेको   छ |

Pages

जनमत

चैनपुर नगरपालिकाले प्रवाह गर्ने सेवा सुविधा तपाइलाई कस्तो लागेको छ ?

जनप्रतिनिधि

कृष्ण कुमार तामाङ
नगर प्रमुख
9842106730
एलिना श्रेष्ठ
उप– प्रमुख
9842229288

कर्मचारी

सूचना अधिकारी

उमेश दाहाल
सूचना अधिकारी
ito.chainpurmun@gmail.com
9852051131

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- १दिन
जिम्मेवार अधिकारीः- मित्रकला चापागाईं
सेवा दिने कार्यालयः- नगरपालिका कार्यालय ( राजस्व नीति तथा प्रशासन उपशाखा)
सेवा शुल्कः- आर्थिक एन २०७४ अनुशार
आवश्यक कागजातहरुः-

१.सम्पति करको बिबरण दाखिला फारम

२.जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि

३. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि

४. भबन नक्शा स्वीकृति प्रमाण पत्र र नक्शाको प्रतिलिपि

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रकिया मिलाइ आयको खण्डमा सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पंजिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि:सुल्क
आवश्यक कागजातहरुः-

१. सुचना भरी पेस गरेको अनुसूची फारम

२. नवजात शिशुको बुबा /आमा दुबैको ना.प्र. पत्रको प्रतिलिपि

३. नगरपालिका भन्दा बाहिरबाट अएको व्यक्तिको हकमा बसाई सराई प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- दर्ता तथा चलानी
सेवा समयः- तुरुन्त
जिम्मेवार अधिकारीः- प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- चैनपुर नगरपालिका
सेवा शुल्कः- -
आवश्यक कागजातहरुः-

तोक आदेश भएपछि

Pages

जानकारी